नेपालका चिनी उद्योगसँग १ लाख ८८ हजार क्वीन्टल चिनी मौज्दात छ तर, मूल्य बढाउन बजारमा भने हाहाकार
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार ११:०:०
२४ असोज, काठमाडौं । सरकारी लापर्वाहीका कारण चाडबाडका मुखमा आएर चिनीको अभाव सिर्जना भएको छ । चिनीको कालोबजारी बढाउन निजी उद्योगीसँग सरकारी कर्मचारीहरु मिलेका कारण नेपालमा भएको चिनीसमेत बजार आएको छैन् । बजारमा नआए पनि चिनी उद्योगीहरुसँग पर्याप्त छ ।
सरकार स्वामित्वको साल्ट ट्रेडिङसँग पनि तत्काल ४ सय टन चिनी मौज्दात छ । सबै चिनी बजारमा आउने हो भने दशैका लागि फालाफाल हुन्छ । दशै र तिहारका लागि १० हजार टन चिनी भए पर्याप्त हुन्छ । बोटलर्स नेपालसँग करिब १० हजार टन चिनी मौज्जदात रहेको बताइएको छ । अहिले साल्टले ल्याउने भनेको चिनी आउने अवस्था पनि छैन ।
बजारमा चिनी नभएकै कारण मूल्य छोइनसक्नु छ । धेरैजसो पसलमा चिनी पाइँदैन । पाइहाले किलोकै १५० रुपैयाँसम्म मूल्य तिर्न उपभोक्ता बाध्य छन् । चिनीको बजार सरकारको नियन्त्रणबाहिर भएकाले समस्या उत्पन्न भएको हो । उल्टै सरकारले चिनीका लागि उद्योगी गुहारिरहेको छ । आफूले ल्याउन नसकेपछि उद्योगीसँग पैंचोमा चिनी मागिरहेको छ ।
स्वदेशमै भएको पर्याप्त चिजी बजारमा ल्याउन नसक्दा सरकार रोइरहेको छ । बजारमा चिनी नआएपछि उद्योगीहरुसँग चिनी सापटी माग्न सरकारले हात फैलाएको छ । तर, व्यापारीले चिनी दिएका छैनन् । मौज्दात अन्य खाद्य उद्योगले खरिद गरेर राखेको चिनी पनि मूल्य बढाउन बजारमा निकालेका छैनन् । चिनी उद्योगीहरूसँग भएको करिब १ लाख ८८ हजार क्विन्टल चिनी बजारमा ल्याएमात्र सहज रुपमा पाइन्छ ।
सरकारले चाडपर्वको माहोल सुरु भएपछि ५० हजार टन चिनी जीटूजी मार्फत भारतबाट ल्याउने भनेको थियो । तर त्यसअघि नै भारतले चिनी निर्यातमा बन्देज लगाइसकेको थियो । उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्न भन्दै भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिठी पठाउँदै बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने पहल अघि बढाउन आग्रह गरेको थियो । तर अर्थले स्वीकृति दिएन । २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिँदा ढिाला भइसकेको थियो ।
अर्थले स्वीकृत गरेको परिमाणमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाए । अहिले खाद्य कम्पनीले भने ४५ दिने सूचना निकालेको छ, जुन सूचनाको म्याद सकिँदा मंसिर लागिसक्छ । छनोट प्रक्रिया सकिसक्दा यस वर्षका चाडबाड पनि सकिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार