उखु बालीमा जङ्गली हात्तीको बथानले सखाप पारेपछि !!!
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार ११:१९:४६
२४ असोज, कञ्चनपुर । बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन् । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर उनले उखुखेती गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी गरेको छ । “दुई सय क्विन्टल उखु हात्तीले गए रातिमात्रै खाएर नोक्सानी पुर्याएको छ”, उनले भने, “हात्तीका कारण रु डेढ लाख घाटा व्यहोर्नुपरेको छ ।”
छिमेकीले फोन गरेर रातिका बेला उखु बारीमा हात्तीको बथान पसेको जानकारी दिएपछि आगोको राँको बालेर तर्साएर मुस्किलले भगाउन सकिएको उनले बताए । घर नजिकै उखुबारी भएकाले तीनवटा छावासहित १० बढीको सङ्ख्यामा रहेको हात्तीको बथान तीन दिनदेखि लगातार आउन थालेकाले ज्यान जोगाउनकै पिरलो रहेको नन्दरानी रानाले बताए ।
“हात्ती नियन्त्रणका लागि नगरपालिकाले सडक छेउमा जडान गरेका बत्ती एक महिना नपुग्दै बिग्रए, उज्यालो भएपछि हात्ती तर्सेर भाग्छन्, अँध्यारो हुँदा हात्ती उखुबारीमा पसे”, उनले भने, “हात्ती उखुबारीमा पसेर नोक्सानी पुर्याएपछि मात्रै वडा कार्यालयले पुनः बत्ती जडान गरेको छ ।”
रानाको जस्तै स्थानीय किसान तप्त ठकुल्लाको तीन कठ्ठामा काट्न बाँकी रहेको हरियो धान र काटेको दुई कठ्ठाको धान पूरै हात्तीको बथानले खाएर नोक्सानी गरेको छ । वडा नं ७ सिमलफाँटाका गङ्गादत्त भट्टको पाँच कठ्ठाको काट्ने तयारी अवस्थामा रहेको धानबाली हात्तीको बथानले पूरै सखाप पारेको छ ।
“सात कठ्ठा जग्गामात्रै स्वामित्वको हो”, उनले भने, “पाँच कठ्ठाको धानबाली हात्तीले सखाप पार्यो, जग्गामा लगाएको धानले छ महिना खानका लागि पुग्दथ्यो, अब वर्षभरिकै लागि धान खरिद गर्ने अवस्थामा पुर्यायो ।”
भट्ट परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । हात्ती भगाउनका लागि नगरपालिका, वडा कार्यालयमा पटाखा, टर्चको व्यवस्था गरिदिन भने पनि बेवास्ता गरिएको उनले बताए । निकुञ्ज छेउकै बस्ती भएकाले हात्तीलगायतका जङगली जनावरबाट निकै पीडित रहेको उनले उल्लेख गरे । वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले किसानको बालीनाली जङ्गली हात्तीको बथानबाट जोगाउनका लागि संवेदनशील क्षेत्रमा विद्युतीय स्वचालित बत्ती जडान गर्नमा जुटेको बताए ।
“हात्तीको बथानले क्षति पुर्याएका क्षेत्रमा प्रहरीसहित पुगेर अनुगमन गरी क्षतिपूर्तिका लागि सर्जिमिन मुचुल्का तयार गरेका छौँ”, उनले भने, “राहत र क्षतिपूर्तिका लागि निकुञ्ज कार्यालय गुहारेका छौँ, ऐलानी जग्गाको हकमा वडा र नगरपालिकाबाट सक्दो राहत उपलब्ध गराउँछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार
वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा आकर्षित
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
अब साउनदेखि सिंहदरबार प्रवेश गर्न 'इ–गेटपास'को व्यवस्था गरिने
असार १२, २०८१ बुधबार
ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालन
असार १२, २०८१ बुधबार
देशका विभिन्न नदीमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
असार १२, २०८१ बुधबार
कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
असार १२, २०८१ बुधबार