दूतावासले विवरण संकलन भइसक्यो भनेपछि इजरायलमा रहेका नेपाली लिन आज राति निगमको जहाज पठाइँदै
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १४:६:३५
२४ असोज, काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा अलपत्र रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । इजरायलमा सम्पर्कमा आए जति नेपालीको विवरण संकलन गर्ने र सुरक्षित स्थानमा राख्ने काम सकिएको भन्दै दूतावासले खबर पठाएपछि दुबई हुँदै इजरायलमा जहाज पठाउन लागिएको हो ।
निगमको वाइड बडी जहाज–३३० आज राति २ः३० बजे इजरायल उड्ने तय भएको निगमका प्रवक्ता रमेश पौडेलले नेपालबहसलाई जानकारी दिए । परराष्ट्रमन्त्री एनपी साउद र पर्यटनमन्त्री सुदन किरातीबीच छलफल भएर आज राती नेपाल वायु सेवा निगमको जहाज पठाउन लागिएको हो । त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने बताइएको छ ।
जहाज पठाउन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पर्यटनमन्त्री किरातीले सबै तयारी सकिएको र इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल जहाज तयारी अवस्थामा रहेको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बिहान प्रधानमन्त्री प्रचण्डले आज जहाज पठाउन तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।
उता, प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि तनाव ग्रस्त बनेको इजरायलमा रहेका नेपाली विद्यार्थीले आफूहरूलाई सरकारले समयमै नेपाल फर्काउन पहल नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । इजरायलमा रहेको नेपाली राजदूतावासले पनि संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको विवरण संकलन कार्य लगभग सकिएको जनाएको छ । नेपालबाट हवाई जहाज पुग्नेबित्तिकै फिर्ताको काम सुरु हुने दूतावासको भनाइ छ ।
दूतावासले नेपाल फर्किन चाहनेहरूको विवरण पनि अनलाइनमार्फत संकलन गर्ने काम जारी नै राखेको छ । अब हवाईजहाज पुगेपछि नेपाल फर्किन चाहनेलाई फिर्ता पठाउने काम सुरु हुनेछ । सुरुका दिनमा अनलाइन विवरण भरेर नेपाल फर्किन चाहेका कतिपयले इजरायलकै अन्य स्थानमा बस्न चाहेको देखिएको र अब के गर्ने भन्ने उनीहरूको निर्णयमा भर पर्ने दूतावासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार