एक त्रैमासमा ५५ अर्ब उठाउनु पर्ने आन्तरिक ऋण ८७ अर्ब उठ्यो, फेरी १० अर्बको विकास ऋणपत्र बिक्रीमा
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १५:२९:५६
२४ असोज, काठमाडौं । सरकारले सस्तो ब्याजदरको फाइदा उठाउँदै पहिलो त्रैमासमा नै करिब १ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । विगतका आर्थिक वर्षमा दोस्रो त्रैमासपछि मात्रै आन्तरिक ऋण उठाउने गरेकोमा चालु आर्थिक वर्षम भने सरकारले पहिलो त्रैमासदेखि नै धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर अहिले आन्तरिक ऋण उठाइरहेको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५÷५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना थियो । तर, अहिले सम्म ८७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो ऋणपत्र पनि बिक्री भएपछि सरकारले कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ । जसमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण हो ।
ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले बुधबार सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि बिहीबार (असोज २५ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
असोज २६ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ‘विकास ऋणपत्र ०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको थियो । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तिरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ ।
जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । तर, हाल वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण पनि अहिले धमाधम उठाइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार