नेपालमा डेङ्गुबाट २० जनाले ज्यान गुमाए, ३८ हजार संक्रमित
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १७:१:१३
२४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट संक्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट संक्रमित रहेको र २० जनाले ज्यान गुमाएका छन् ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले डेङ्गुको सङ्क्रमण कायमै रहेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । हालसम्म कूल संक्रमित सङ्ख्यामा प्रदेशअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार नौ सय पाँच जना '६२ दशमलव आठ प्रतिशत' संक्रमित भएका छन् भने सबैभन्दा कम संक्रमित प्रदेश कर्णाली एक सय २८ जना 'शुन्य दशमलव ३ प्रतिशत' छन् ।
त्यस्तै मधेश प्रदेशमा पाँच सय ९० जना 'एक दशमलव छ', बागमती प्रदेशमा चार हजार आठ सय ८३ जना '१२ दशमलव आठ प्रतिशत', गण्डकी प्रदेशमा छ हजार आठ सय १८ जना '१७ दशमलव नौ प्रतिशत', लुम्बिनी प्रदेशमा छ सय ५५ जना '१ दशमलव सात प्रतिशत' र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जना 'दुई दशमलव आठ प्रतिशत'संक्रमण देखिएको छ ।
जिल्लागत हिसाबले सबैभन्दा धेरै क्रमशः सुनसरी जिल्लामा १६ हजार ९६ जना '४२ दशमलव तीन प्रतिशत' संक्रमित भएका छन् । तनहुँमा चार हजार छ सय ५१ जना '१२ दशमलव दुई प्रतिशत', झापामा तीन हजार पाँच सय ८१ जना 'नौ दशमलव ४ प्रतिशत', धादिङमा तीन हजार एक सय ३० जना 'आठ दशमलव दुई प्रतिशत', मोरङमा दुई हजार दुई सय ७४ जना 'छ प्रतिशत', कास्की जिल्लामा एक हजार चार सय ८१ जना 'तीन दशमलव नौ प्रतिशत', र काठमाडौंमा आठ सय दुई जना 'दुई दशमलव एक प्रतिशत' संक्रमित भएका छन् भने अन्य जिल्लामा छ हजार ४४ जना '१५ दशमलव नौ प्रतिशत' डेङ्गुबाट संक्रमित भएका छन् ।
कुल डेङ्गु संक्रमित सङ्ख्यामा अगष्टमा मात्र संक्रमित सङ्ख्या १३ हजार आठ सय ४६ जना पुगेको थियो । सेप्टेम्बरमा ११ हजार पाँच सय ८० जना र अक्टोबर ११ सम्म चार हजार सात सय ९० जना संक्रमित भएका छन् । गतवर्ष अक्टोबर महिनामा १७ हजार आठ सय ८९ मा डेङ्गु संक्रमण देखिएको थियो । डेङ्गु रोग डेङ्गु भाइरसबाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ ।
महाशाखाले एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कनाले लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गरौँ र लामखुट्टेको फूल नष्ट गरौँ लगायतका डेङ्गु नियन्त्रणका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
पुष १८, २०८१ बिहिबार
चितवनका ३१ हजार बढी किशोरीलाई एचपिभी खोप दिइने
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार