रुस–युक्रेन युद्धपछि जेलेन्स्कीको पहिलो नाटो भ्रमण
नेपालबहस संवाददाता
असोज २४, २०८० बुधबार १७:११:२१
२४ असोज, ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गरेका छन् । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन 'नाटो' को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उनले त्यस्तो आग्रह गरेका हुन् ।
हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका मिसाइल र गोलाबारुद लागि आग्रह गरे।
“अर्को जाडोमा कसरी बाँच्ने भन्ने कुरा हाम्रा लागि ठूलो हो”, गठबन्धनका रक्षामन्त्रीहरूसँग भेट गर्नुअघि नाटो प्रमुख जेन्स स्टोलनबर्गसँग मिडियालाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, “हामीले तयारी गरिरहेका छौँ, हामी तयार छौँ, अहिले हामीलाई गठबन्धनका नेताहरूबाट केही सहयोगको खाँचो छ, त्यसैले आज म यहाँ छु ।”
रुसबाट हुनसक्ने शीतकालीन हमलाबाट बचाउन युक्रेनको जवाफी हमलालाई बढाउन र हवाई प्रतिरक्षा उपलब्ध गराउने विषयमा ध्यान केन्द्रीत गर्दै किएभको अन्तर्राष्ट्रिय समर्थकहरू युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा विचार विमर्श गरिरहेका थिए । “हामी युक्रेनलाई सहयोग गर्न तपाईँँसँग उभिने छौँ किनकी यो समग्र नाटोका लागि महत्वपूर्ण छ”, स्टोलनबर्गले जेलेन्स्कीसँग भने ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले इजराइलमा देखिएको सङ्कटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट ध्यान विचलित हुनसक्नेतर्फ चिन्ता व्यक्त गरे । उनले गत वर्ष रुसी आक्रमणपछि युक्रेनको पक्षमा देखाएजस्तै इजराइली जनताको पक्षमा एकजुट हुन र इजराइललाई ‘तिमी एक्लो छैनौ’ भन्ने देखाउन पश्चिमा राष्ट्रहरूलाई आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार