राजमार्गमा बाँदर अत्याधिक, दुर्घटनाको जोखिम बढ्याे
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १०:५७:१४
♦ विशाल बस्नेत
२४ असोज, महोत्तरी । तराईको पुर्व-पश्चिम राजमार्गमा बाँदरको कारण दुर्घटनाको खतरा बढेको छ । सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बाँदरहरु सडकभरी उत्रँदा दुर्घटनाको खतरा बढेको हो ।
खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बाँदरहरू यात्रुहरूले खाना दिने आशामा निस्किएका हुन्छन् । तीब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बाँदरहरूको लास सडकमा अलपत्र देखिन थालेको छ । विशेषगरी महोत्तरीको बर्दिवास देखि सर्लाहीको लालबन्दी जाने सडकको बीचका विभिन्न ठाउँमा बाँदरहरुले सडक नै जाम गर्ने गरेका छन् ।
यो बीचमा सागरनाथ बन परियोजना देखी सामुदायिक बन र साझेदारी बन रहेका छन, त्यहाँ रहने बाँदरले खानाको खोजीमा राजमार्गमा निस्के पछि हैरानी बढेको छ। माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जोडिएका कारण हैरानी बढेको स्थानीय रामप्रसाद सापकोटाले जानकारी दिए ।
डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरूको कारणले पनि बाँदरहरू सडकमा आउने गरेको बताउँछन् । 'यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,' उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बाँदरहरू बस्ती पस्न लागेको बनका कर्मचारीहरूको भनाई छ ।
यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सूचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन ।
राजमार्गमा निस्केर सडक जाम गर्ने बाँदरहरुको विषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरूले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार
‘प्रदेश सरकारलाई बलियो बनाएमा गणतन्त्र मजबुत’
असोज ३, २०८१ बिहिबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार