आममाफी पाएका ढकालविरुद्धको रिटमा प्रधानन्यायाधीश सहितको पूर्ण इजलासमा सुनुवाइ हुँदै
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार ११:२१:५८
२५ असोज, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकालको कैद माफीविरुद्ध बाँके नेपालगञ्जकी भारती शेर्पाले भदौ १७ मा दायर गराएको रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ । रिट सुनुवाइको दोस्रो नम्बरमा परेको छ ।
गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले रिटको सुनुवाइ पूर्ण इजलासबाट हुनुपर्ने आदेश भएको थियो । रिट निवेदकले सर्वस्वसहित जन्मकैद पाएका ढकाललाई मिनाहा दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदरको माग गरेकी छन् । सरकार पक्षबाट महान्यायाधिवक्ता दिनमणि पोखरेलले समेत बहस गर्नेछन् ।
नेका तरुण दलका नेता समेत रहेका रिगल समेतको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोक नजिक नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी ढकालको हत्या गरेको मुद्दामा ढकाललाई मुख्य हत्याराको रुपमा जिल्ला अदालत बाँकेले दोषी ठहर गरेको थियो । तर उनलाई यही असोज ३ मा संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद भुक्तान गर्न ढकालको बाँकी सजाय मिनाह गरिदिएका थिए । जुन निर्णयको विरोध भइरहेको छ ।
मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार ढकाल २० वर्ष सजाय बस्नुपर्नेमा ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनको कैद सजाय मिनाह गरिएको थियो । राम्रो चालचलन, आचरण देखाएका र तोकिएको कैद सजायमा पचास प्रतिशत भुक्तान गरिसकेका कैदी बन्दीलाई संविधान तथा गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी दिने व्यवस्था संविधानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार