पूर्व गृहमन्त्री खाँण र टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन माग गर्दै दिएको रिटमा आज सुनुवाइ
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार ११:३५:१६
२५ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितका थुनुवाहरुको निवेदन न्यायाधीश द्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरीपाउँ भनी उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन बिहीबार सुनुवाइका लागि पेशी तोकिएको हो ।
पूर्व गृहमन्त्री खाँण र रायमाझीलगायतले गत साउन १२ गते दर्ता गराएका थिए । यस रिटमा यसअघि ४ पटक पेशीमा चढिसकेको छ । पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेशी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेशीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर छोडेका थिए ।
थुनामा रहेका खाँण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा. ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले जिल्ला अदालतले गरेको थुनामा पठाउने आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार