नेपाललाई जानकारी नदिइ उत्तराखण्डका मुख्यमन्त्रीसहित भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रको भ्रमणमा
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार ११:४२:५७
२५ असोज, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र पुगेर धार्मिक पूजापाठ गरेका छन् । जुन कुराको नेपाल सरकार बेखबर बनेको छ ।
मोदी आज बिहान भारतले अतिक्रमण गरेको नेपालको दार्चुला जिल्लाको कालापानी पुगेको कुरा जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएकी छन् । मोदी हेलिकोप्टरबाट बिहान साढे ८ बजे अतिक्रमित नेपाली भूमि कुटी स्थित जोलिङकोङ उत्रिएका थिए । त्यसपछि उनले जोलिङकोङमा पूजापाठ गरेका छन् । उनले आजै कैलाश पर्वतको दर्शन गर्ने भएका छन् । भारतबाट तिब्बतको मानसरोवर पुग्न कालापानी छोटो दूरी मानिन्छ ।
मोदीले कैलाश दर्शनपछि नेपालको चुच्चे नक्सामा समेटिएको अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र वर्षौंदेखि अतिक्रमण गर्दै आइरहेको छ । जुन क्षेत्रमा नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ लगायत पर्दछ । मोदीले त्यस क्षेत्रमा विभिन्न सुरक्षा अधिकारीहरूसँग समेत छलफल गर्ने जनाएका छन् ।
सरकारले चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने प्रक्रिया अगाडि बढाइरहेको बेला मोदीले स्थानीय प्रशासनलाई समेत जानकारी नदिई भ्रमण गरेर नेपालप्रति पुनः एकपटक मिचाहा र अतिक्रमणकारी चरित्र देखाएको भन्दै देश भित्रबाट तीव्र असन्तुष्टि व्यक्त गर्ने क्रम सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार