सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी फेरि सारियाे
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १२:१०:४६
२५ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी कसुर मुद्दाको सुनुवाइको पेसी पुनः स्थगित सूचीमा परेको छ ।
मुद्दामा अन्तिम सुनुवाइ हुने क्रममा छ । तर बिहीबार सुनुवाइ नहुने जानकारी जिल्ला अदालत काठमाडौं प्रशासनले दिएको छ । न्यायाधीश अभावमा आज सुनुवाइ नहुने प्रशासनले जनाएको छ । मुद्दामा गत वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण जनाउँदै पेस सार्दै आइरहेको छ ।
नुवाकोटकी एक नाबालिगलाई २०७९ भदौ ५ गते राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा पुर्याएर कुटपिट र बलात्कार गरेको अभियोगसहित लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता छ । मुद्दा अदालतले पुर्पक्षका लागि लामिछानेलाई जेल चलान गरेपनि उच्च र सर्वोच्चको आदेशमा २० लाख रूपैयाँ धराैटीमा रिहा भई बाहिरै बसेर मुद्दा लड्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार