उड्डयन र रेल उद्योग स्तरोन्नती गर्दै ह्वावेको डिजिटल र इन्टेलिजेन्स फाउन्डेशन
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १३:०:१२
२५ असाेज, काठमाडाैं । ह्वावे कनेक्ट २०२३ सँगै ह्वावेको एभियसन र रेल बियूले तीन वटा विश्वव्यापी शिखर सम्मेलनहरू आयोजना सम्पन्न गरको छ । ह्वावेले उद्योगका ग्राहक, नेतृत्व कर्ता, प्राविधिक विशेषज्ञ र साझेदारहरूसँग उद्योगको इन्टेलिजेन्स क्षमता बढाउनका लागि आफ्ना उत्कृष्ट अभ्यासहरू छलफल गरेको हो ।
अपग्रेड गरिएको डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसन प्रयोग गरेर ह्वावेले विभिन्न प्रकारका उद्योग परिदृश्यहरूमा बहु–आयामी सचेतना, सर्वव्यापी जडान र खुला प्लेटफर्महरू मार्फत उड्डयन र रेल क्षेत्रलाई थप विकास गरेको छ ।
ह्वावेको उद्योग इन्टेलिजेन्स एक व्यवस्थित प्रयास हो । चाइना वेस्ट एयरपोर्ट समूह (सिडब्लुएजी) ले संयुक्त रूपमा व्यापक बौद्धिक रुपान्तरण रणनीति विकास गर्न ह्वावेलाई छनोट गरेको छ । सिडब्लुएजीका डेपुटी जनरल म्यानेजर लिन बिनका अनुसार उनको कम्पनीले ह्वावेको उच्च प्रदर्शन कम्प्युटिङ पावर र ओपन इन्टेलिजेन्ट प्लेटफर्महरू साथै उद्योगका लागि उन्नत एल्गोरिदमहरू प्रयोग गरेर सुरक्षा, सञ्चालन, सेवाहरू र अन्य परिदृश्यहरूको लागि ३५ वटा इन्टेलिजेन्स समाधानहरू सिर्जना गरेको छ ।
हवाई अड्डा सञ्चालनका लागि, डिजिटल र इन्टेलिजेन्ट ग्राउन्ड ह्यान्डलिङ समाधानहरूले उडानहरू, यात्रुहरू र स्रोतहरूको वास्तविक–समय (रियल टाइम) स्थितिसाथै तत्काल चेतावनी समेत दिने गर्दछ । तिनीहरूले आवश्यकता अनुसार ग्राउन्ड ह्यान्डलरहरू पठाउन सक्छन् । यी समाधानहरूले ग्राउन्ड व्यवस्थापनको क्षमतालाई २० प्रतिशतले बढाउँछ र १७ प्रतिशतले समयको बचत समेत गराउँछ । त्यसैगरी, स्मार्ट एयरपोर्ट सञ्चालन समाधानहरूले उत्कृष्ट उडान योजनाको मोडेल प्रस्तुत गरेको छ जसले आपूर्ति–मागमिलान र एआई–सहायता अपरेसन कमाण्ड प्राप्त गरेको छ ।
विकसित प्रविधिहरूले उद्यम डिजिटल रुपान्तरण र स्तरवृद्धि गर्न चुनौती र अवसर दुवै ल्याएका छन् । ह्वावेका उपाध्यक्ष र ह्वावेको एभियसन एण्ड रेल बियूका सीईओ लीजुनफेङले ग्लोबल रेलवे शिखर सम्मेलनमा उद्घाटन भाषण दिएका थिए । उनले जीएसएम– आर बिस्तारै बजारबाट बाहिर निस्कने क्रममा रहेको रेलवे उद्योगलाई दक्षता र फाइदाहरू सुनिश्चित गर्न, साथै उच्च–गुणस्तरको विकास कायम राख्न अर्को पुस्ताको मोबाइल सञ्चार प्रणाली आवश्यक रहेको बताए ।
साथै उनले ह्वावेले रेलवे उद्योगलाई अझ राम्रो सेवा दिन कसरी एआईको प्रयोग गर्न सकिन्छ भन्ने बारे काम गरिरहेको र अभ्यासहरू निर्माण गरेको उल्लेख गर्दै यस यात्रामा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको बताए ।
उदाहरणका लागि, ह्वावेले स्मार्ट रेलवे टिएफडिएस समाधान विकास गर्न हुइटिए टेक्नोलोजीसँग मिलेर ३ बिलियन प्यारामिटरहरू भएको पांगु रेलवे मोडेल प्रयोग गर्छ । यी समाधानहरूले सबै टिएफडिएस परिदृश्य हरू समेट्छ र यसले ६७ सवारी साधनका ४३० प्रकारका त्रुटी पहिचान गरेर त्रुटी पहिचानको दर ९९.३ प्रतिशत पुर्याएको छ । यसले गम्भीर गल्तीहरूको पहिचानका लागि शून्य निरीक्षण सुनिश्चित गर्दछ र परिचालन दक्षतालाई तीन गुणा बढाउँछ । उनले भने– ’ह्वावेले हाम्रा साझेदारहरूसँग एआइअन्वेषण गर्न सही परिदृश्यको लागि सही प्रविधि खोज्न र अन्ततः व्यापार सफलतामा योगदान पुर्याउनेछ ।’
विभिन्न उद्योगहरूको मूल उत्पादन प्रणालीहरूमा इन्टेलिजेन्स प्रविधिहरू प्रस्तुत गर्नाले उत्पादन क्षमता र दक्षतामा गुणात्मक छलाङ ल्याउँछ र सपनाहरूलाई मूर्त उपलब्धिहरूमा परिणत गर्दछ । ह्वावेको एभियसन एण्ड रेल बियूका सीओओ वाङ गुओयुले ह्वावेले यो कसरी हासिल गर्छ भनेर वर्णन गरे । वाङका अनुसार ह्वावेले डाटा, कम्प्युटिङ पावर, एल्गोरिथ्म र उद्योग परिनियोजन चुनौतीहरू माध्यम केन्द्रित गरेको छ । यसले उद्योगहरूलाई सेन्सिङ, कनेक्टिभिटी र प्लेटफर्म एप्लिकेसन लेयरहरू अपग्रेड गर्न र स्मार्ट विकासलाई बढावा दिन डिजिटल र इन्टेलिजेन्ट फाउन्डेसनलाई थप सुदृढ गर्न प्रेरित गर्छ । सबै परिदृश्य अनुप्रयोगहरूको लागि कम्प्युटिङ पावर उत्पन्न गर्न सक्ने प्रभावकारी डाटा उपलब्ध गराए हामी उद्योगहरूमा बौद्धिक स्तरवृद्धि गर्न सजिलो बनाउँछौं ।
बौद्धिकीकारण विश्वभरका र उद्योगका सबै खेलाडीहरूको लागि अवसर हो । ह्वावेको एभियसन एण्ड रेल बियूका उपाध्यक्ष थोमस सुले भने, ’ह्वावेको आधारभूत प्रविधिहरूका लागि धन्यवाद, अपग्रेड गरिएको अर्बन रेल क्लाउड ३.० इन्टेलिजेन्ट स्वायत्त र सहयोगी छ, जसले शहरी रेल क्लाउड प्लेटफर्म र स्टेशनहरू बीचको तालमेललाई सफल बनाउँछ, यसमाधेरै प्रकारका डाटा, सुरक्षा र ओ एण्ड एम जस्ता पक्षहरू रहेका छन । उपध्याक्ष सुका अनुसार, यी समाधानले केन्द्रीकृत रुपमा व्यवस्थापन गर्छ र शहरी रेल उद्योगको लागि गुणस्तर र दक्षता दुवै सुधार गर्दछ ।
ह्वावेले ठूलो डाटा र एआई एल्गोरिदमहरू प्रयोग गरेर वुहान मेट्रोमा यात्रु ट्राफिकको छोटो अवधिको भविष्य वाणी तथा वास्तविक–समय (रियल टाइम) निगरानीको लागि मद्दत गरेको छ । साथै यसले व्यक्तिगत तथा स्टेसन कर्मचारीहरूलाई यात्रु ट्राफिकको वास्तविक–समय स्थिति र छोटो अवधिको परिवर्तनको अवस्था स्पष्ट गर्नुका साथै ३० मिनेट देखि केहि घण्टासम्मको ठूलो यात्रु ट्राफिकको व्यवस्थापन र निर्देशन समेत तयार गर्दछ । यी प्रविधिहरूले यात्रु प्रवाह नियन्त्रण दक्षता सुधार गर्नुका साथै परिचालन सुरक्षा सुनिश्चित गर्दछ ।
यस्तै ह्वावेले हवाई र रेल उद्योगहरूमा ग्राहकहरूलाई सेवा दिन साझेदारहरूलाई एकीकृत गर्न जारी राख्नेछ । कम्पनीले इन्टेलिजेन्स स्तरवृद्धिहरू मार्फत उद्योगको विकासलाई बलियो बनाउन, सुरक्षित तथा हरियाली गतिशीलता कायम राख्न, अधिक कुशल यातायात र उच्च–गुणस्तर सेवाहरू सक्षम गर्न प्रतिबद्ध रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार