गण्डकीमा अध्यक्षकप फुटबल प्रतियोगिता सुरु
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १३:१६:७
२५ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा आजदेखि प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता २०८० सुरु भएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
वडा नं ५ स्थित दर्बुङमा आयोजना गरिएको प्रतियोगितामा पालिकाभित्र रहेका विभिन्न माध्यमिक विद्यालयका छात्र तथा छात्राको फुटबल टोलीको सहभागिता छ । प्रतियोगितामा उपाधि विजेता टोलीलाई रु ३०, दोस्रो हुने टोलीलाई रु १५ तेस्रो हुने टोलीलाई रु सात हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
उक्त प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले पालिकाभित्र खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।
उनले यस्ता प्रतियोगिताले स्वास्थ्यका साथै युवाको व्यक्तित्व विकासमा पनि सहयोग पुर्याउने र उनीहरूमा आत्मविश्वास पनि बढाउन मद्दत पुग्ने भएकाले गाउँपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
छिमेकीलाई ख्याल गरेर सबन्ध बढाउनु पर्छः माधव नेपाल
मंसिर १०, २०८१ सोमबार
चक्कु प्रहार गरी छोराले गरे बुबाको हत्या
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले थाले परामर्श
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै
मंसिर १०, २०८१ सोमबार