गोकर्णेश्वरमा प्रहरीद्वारा गोली प्रहार गरी लुटेरा समूह पक्राउ, घाइते घलानकाे उपचार हुँदै
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १४:४२:४१
२५ असोज, काठमाडौं । प्रहरीले गोली प्रहार गरी गोकर्णेश्वरबाट लुटेराको एक समुहलाई पक्रउ गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो गोकर्णेश्वर नगरपालिका–९ जगडोलमा प्रहरीले गोली चलाएको हो ।
खबरपछि पुगेको प्रहरीमाथि लुटेरा समूहले गोली प्रहारको प्रयास गरेपछि आत्मरक्षाका लागि टोलीले २ राउण्ड गोली चलाएको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान घाइते भएको प्रहरीले जनाएको छ । उनकाे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको जनाएको छ ।
समूहको २ सदस्यलाई एक थान पेस्ताेल र दर्जन संख्यामा गाेलीसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि बौद्ध प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा रहेकाे जनाइएकाे छ । उनीहरू चढेका दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको बताइएकाे छ । अन्य २ जना भने फरार भएको प्रहरीले जनाएको छ।
तातोपानी नाकाबाट तस्करी भएको सुन लुटपाटको सूचनामा आधारमा प्रहरी घटनास्थल पुगेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
एनपीएल उद्घाटन खेल जारी, बलिङ गर्दै जनकपुर
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार