खाजा पसलबाट महिलासहित ६ जना जुवाडे पक्राउ
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १५:२३:३५
२५ असोज, भक्तपुर । सूर्यविनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा खाजाघर संचालिका काभ्रे चौरी देउराली गाँउपालिका-५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने वर्ष ३१ की पार्वती तामाङ, सिन्धुपाल्चोक चौतरा नगरपालिका-१० घर भई हाल सूर्यविनायक वस्ने वर्ष ३५ को माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई सूर्यविनायक वस्ने वर्ष २५ को राजु खड्का, काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. २ घर भई सूर्यविनायक बस्ने वर्ष २८ को दिल तामाङ, दोलखा शैलुङ गाँउपालिका वडा नं. २ घर भई हाल सूर्यविनायक बस्ने वर्ष ३६ को सिटुक तामाङ र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने वर्ष ३३ को बिनोद लगेजू रहेका छन् ।
गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई उनीहरूलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । उनीहरूबाट नगद रू ३८ हजार, एक बुक तास र खाजाघर संचालिकासहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार