गाजामा बिजुली, पानी र स्वास्थ्य सामाग्रीको आपूर्ति रोक्ने निर्णयबाट इजरायल पछि नहट्ने
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १५:५०:७
२५ असोज, काठमाडौं । इजरायलले हमास लडाकु समूहले बन्धक बनाएका आफ्ना नागरिक रिहा नगरेसम्म गाजा क्षेत्रमा बिजुली, पानी र इन्धनको आपूर्ति रोक्ने भएको छ ।
गत हप्तादेखि प्यालेस्टाइनको हमास लडाकुले १५० जनाभन्दा बढी इजरायलीलाई बन्धक बनाएका छन् । हमासबाट गाजा क्षेत्रमा भएको आक्रमणबाट १ हजार २०० इजरायलीको मृत्यु भएको र ३ लाख ३८ हजार बढी प्यालेस्टाइनी नागरिक विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।
बन्धक बनाइएका नागरिकको रिहाई नभएसम्म गाजामा बत्ती, पानी र इन्धन रोक्न निर्णय भएको इजरायलका उर्जामन्त्री इजराइल काट्जले सामाजिक सञ्जालमार्फत जनाएका छन् । ‘जबसम्म बन्धक बनाएका हाम्रा नागरिक रिहा हुँदैनन्, तबसम्म बिजुलीको स्वीच अन हुँदैन, पानीको पाइप खुल्दैन र इन्धन बोकेको ट्रक गाजामा जाँदैन’ उनले लेखेका छन् ।
गत शनिबार हमास लडाकुले हमला गरेकै दिन इजरायले बिजुलीको साथै, औषधि तथा पानीसहितका अत्यावश्यक सामग्रीको आपूर्ति बन्द गरिदिएको थियो । अस्पतालमा जेनेरेटर चलाउनका लागि पनि सिमित इन्धन मात्र रहेको स्थानीय अस्पताललाई उदृध गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि, छिमेकी मुलुक इजिप्टले गाजामा अत्यावश्यक सामग्रीको ढुवानीका लागि ६ घन्टा युद्ध विराम गर्न आग्रह गरेको छ । इजरायली सेनाले गाजामा आक्रमण पनि जारी राखेको छ ।
आक्रमणका परी नेपालबाट कलेज इन्टर्न गर्न गाजा पुगेका ४९ विद्यार्थीमध्ये १० जनाको ज्यान गएको छ । अन्यलाई उद्धार गर्ने क्रम जारी राखेको छ । उद्धार गरिएकाहरुलाई नेपाल फर्काउन सरकारले वाइड बडी जहाज आज बिहान मात्र इजरायल पठाएको छ । अहिले त्यहाँको विमानस्थलमा नेपालीहरु नेपाल फर्कन इजरायलको तेल अबिब विमानस्थलमा पुगेर जहाज चढिसकेका छन् । भोलि बिहानसम्म २ सय ५० जनालाई काठमाडौं ल्याइपुर्याउने जनाइएको छ ।
मृतकको शव ल्याउन भने प्रक्रिया पुर्याउनु पर्ने भएका कारण केही दिन लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । शव इजरायल सरकारको नियन्त्रण राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार