विभिन्न स्थानबाट लागुऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १६:८:२९
२५ असोज, काठमाडौं । देशका विभिन्न स्थानबाट आठ जना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले बिक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका-७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका(१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका(२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह(चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाराको महागढीमाई नगरपालिका(६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका-११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार