आममाफी पाएका ढकालविरुद्धको मुद्दाको सुनुवाइ रोकियो, अर्को इजलास गठन गरिने
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १६:५६:२१
२५ असोज, काठमाडौं । गुण्डा नाइकेको रुपमा परिचित रही ज्यान मुद्दामा जेल सजाय काटिरहेका अवस्थामा राष्ट्रपतिबाट सजायमा मिनाह पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दाको सुनुवाइ रोकिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीश आनन्द प्रसाद भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा बिहीबार सुनुवाइ सुरु भएकामा प्रन्या श्रेष्ठले मुद्दाको ‘रिक्युजल’को घोषणा गरेका छन् । उनले यस्तै प्रकृतिको मुद्दामा आफूले यसअघि नै फैसला गरिसकेको कारण यो मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेस गर्न आदेश दिए । बिहान करिब ११ बजेवाट सुरु भएको बहस २ बजेसम्म चलेको थियो ।
अर्को इजलास गठन गरेर आगामी कार्तिक १४ गतेका पेशी तोक्न आदेश भएको छ । बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यामा रिगल जिल्ला अदालतबाट २०७३ मा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका बेला यही असोज ३ मा संविधान दिवसको अवसरमा राष्ट्रपति आममाफी पाएर रिहा भएपछि माफी निर्णय बदरको माग गर्दै मानन्धरकी पत्नि भारती शेर्पाले असोज १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौंः मुख्यमन्त्री कार्की
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार