बालकृष्ण खाणसहितको रिट निवेदनमा सुनुवाइ दशैंपछि मात्र
नेपालबहस संवाददाता
असोज २५, २०८० बिहिबार १७:४५:१०
२५ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा चलाइएको मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको काठमाडौं जिल्ला अदालतको आदेश बदरको माग गर्दै कांग्रेस नेता बालकृष्ण खाणसहित प्रतिवादीहरुको रिट निवदेनमाथि सुनुवाइ सरेको छ ।
सुनुवाइका लागि बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा तोकिएपनि सुनुवाइ हुन सकेन । यसअघिका इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश भएकामा सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि पेस भएकोले कैफियत प्रतिवेदन साथमा राखेर सुनुवाइ गर्ने आदेश गरेको छ । यो आदेशसँगै थुनामा रहेका प्रतिवादीहरुको अब दशैंअघि रिटको टुंगो लाग्ने आश समाप्त भएको छ ।
गत भदौ १२ र विभिन्न मितिमा रिट लिएर उच्च अदालतमा २० प्रतिवादी पुगेका छन् । खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसी जेलमा छन् । उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध कसुरमा मुद्दा लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार