हमास आक्रमण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भईरहेछ भाइरल
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार ८:४३:४१
२६ असोज, तेलहविव । हमासले दक्षिणी इजरायलको ‘ट्रिब अफ नोभा’ म्युजिक फेस्टिभलमा आक्रमण गरेको थियो । यस हमलामा २६० जनाको मृत्यु भएको दाबी गरिएको छ ।
आक्रमणमा बाँचेकाहरूले त्यो डरलाग्दो दृश्यलाई आफ्नै शब्दमा वर्णन गरेका छन् । अमित बार र उनका साथी नीर पनि यस हमलामा बाँचेका छन्। सामाजिक सञ्जालमा दुवैको एउटा तस्विर भाइरल भइरहेको छ, जसमा दुवैलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यस दम्पतीले आक्रमण पछिको अवस्था वर्णन गरेका छन्।
अमित र नीर दुवै जना बाँच्नका लागि भागेको बताउँछन् । तर यस्तो हुन्छ भन्ने सोचेका थिएनन्, त्यसैले उनीहरूले एक अर्कालाई चुम्बन गरे र अहिले बाँचेर आफ्नो तस्विर पोष्ट गरेका छन् । उनले सोचे कि यो उनको अन्तिम चुम्बन हुनेछ। दुबैले झाडीमा भागेर आफ्नो ज्यान बचाए तर यही क्रममा उनीहरू आफ्नो साथी जीवबाट अलग भए। उनका साथी, जसको नाम जीव थियो, उनी अरूलाई सहयोग गर्न निस्किएका थिए र अहिलेसम्म उनको कुनै पत्ता लागेको छैन।
अमितले इन्स्टाग्राममा नीरका लागि खुला पत्र लेखेका थिए, जसमा उनले त्यो भाइरल तस्विर पनि पोस्ट गरेका थिए। अमितले लेखेका छन्, ‘जीव बिना हामीले गुज्रिएको दुःखलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । ऊ घर नआएसम्म सबै कुरा समाप्त हुँदैन। तर हामीलाई एउटा चमत्कार भयो।
रकेटबाट हमला सुरु भएको अमित बताउँछन्, ‘हामी आफैंलाई ढुक्क भइरहेका थियौं कि तिनीहरूले हामी माथि हानेको बम खस्दैनन् र सबै ठीक हुन्छ।’ तर, अचानक चारैतिर गोलीको आवाज आएको र मानिसहरू लडिरहेका देखेको उनले बताए । आतंककारीहरू मोटरसाइकलमा बसेर चारैतिर घुमिरहेका थिए । उनले अरूलाई पनि गोली हानेका थिए । कुनै न कुनै तरिकाले ज्यान जोगाएर झाडीमा लुकेर बस्यौँ । हामी शान्तिपूर्वक लुकेका थियौं ताकि हमासका आतंककारीहरू यहाँबाट जान सकून्।
अमित बताउँछन् कि यो डरलाग्दो क्षणमा नीरले सेल्फी लिन भनेका थिए ताकि यो डरलाग्दो क्षणलाई कैद गर्न सकियोस्। उनीहरुलाई लागेको थियो, यस गोलीकाण्डमा अब बाँच्ने पक्का नै थिएन । सुरुमा अलिकति हिचकिचाए तर पछि राजी भएको अमितले बताए । उनले सोचे कि, यो उनको अन्तिम सम्झना हुन सक्छ। त्यसपछि दुवैले चुम्बन गरे र उनको तस्विर क्लिक गरे र आफूसँग राखे, जो अहिले जीवन बाँचे पछि इन्स्ट्रागममा राखे पछि भाइरल भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार