कोशीमा देखिएको विवादबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार ९:५०:२४
२६ असोज, काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र विवाद आएपछि यसबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । विहान ११ बजे बोलाइएको बैठकमा सत्ता गठबन्धनको निर्णयविपरित कोशी प्रदेशमा कांग्रेसका सांसद केदार कार्कीले मुख्यमत्रीका लागि दावी पेश गरेको विषयमा छलफल हुनेछ ।
कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरेपछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन । कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो ।
कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाएको हो । कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन ।
त्यसमाथी, ओली सरकार माथी परमादेश दिदाँ नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास ब्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार