काठमाडौं विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन सुरु
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १०:२४:१९
२६ असोज, काठमाडौं । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौं विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।
बिहीबारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गरे ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताए । उनले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताए। उनका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उहाँका अनुसार बीस विद्यार्थी यसपालि भर्ना भएका छन् ।
कक्षा शुभारम्भका क्रममा बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा काठमाडौं विश्वविद्यालयले शिल्पकलाको पठनपाठन सुरु गरेर कला क्षेत्रको विकासमा योगदान दिएको छ भने ।
उनले प्रदेश सरकारले पनि कलाको विकासमा प्राथमिकता दिएको उल्लेख गर्दै हस्तकला विधेयक प्रदेश संसद्मा टेबल गरिएको जानकारी दिए । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प तथा डिजाइन कलामा स्नातक पठाइ सुरु हुनु ललितकला क्षेत्रकै लागि उपलब्धिको कुरा भएको उल्लेख गर्दै यसले ललितकलाको शिर उँचो हुने छ भने।
उनले ललितकला विकासका लागि प्रतिष्ठानले कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेका बेला प्राज्ञिक क्षेत्रमै परम्परागत कलाको शिक्षा प्रदान हुनु महत्वपूर्ण भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार