इजरायलमा थप २ सयले दिए निवेदन, चाँडै उद्धार गर्न आग्रह
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १२:१६:४८
२६ असोज, काठमाडौं । इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । द्वन्द्वग्रस्त इजरायलबाट नेपाल फर्कन २०० जनाले तेल अबिबस्थित नेपाली दूतावासमा आवेदन दिएका छन् । उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन दूतावासलाई भनेका छन् ।
नेपाल फर्कन चाहनेको यो संख्या गएराति इजरायलबाट उद्धार गरी ल्याइएका २५३ जना बाहेकको हो । राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेसनमा विवरण प्राप्त हुने क्रम जारी छ । जहाँ आज फर्काइएकाबाहेक नेपाल फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण रहेको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकहरूलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ, इजरायलको तले अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।
तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो । अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जनाएको छ । निवेदन दिएका बाँकी सबैलाई नेपाल फर्काउने प्रक्रिया सुरु गरिएको दूतावासको भनाइ छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना सम्पर्कविहीन भएका छन् ।
घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैरहेको छ छ । उनीहरूमध्य पनि थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ । सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।
प्यालेस्टिन चरमपन्थी समूह हमास र इजरायलबीच शनिबारदेखि युद्ध चर्किदा इजरायलमा रहेका नेपालीहरु असुरक्षित महशुस गरी नेपाल फर्कन चाहेका छन् । हमासले शनिबार इजरायलमा अचानक आक्रमण गर्दा १० नेपाली मारिएका थिए भने चारजना घाइते भएका थिए । एक नेपाली अझै सम्पर्कविहीन छन् ।
युद्ध चर्कदै गएपछि इजरायलमा रहेका नेपालीहरूले आफूहरूलाई स्वदेश फर्काउन सरकारसँग अनुरोध गरेका थिए । सोहीअनुसार सरकारले बिहीबार इजरायलमा उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार