गैरीगाउँ हत्याकाण्डका आरोपी संजय भण्डारीविरुद्ध मुद्दा दायर, आजीवन काराबासको माग
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १२:२९:२४
२६ असोज, काठमाडौं । गत भदौ २९ गते काठमाडौंको गैरीगाउँमा ४ जनाको सामूहिक हत्या अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले भन्डारीलाई बाँचुञ्जेल जेल (आजीवन काराबास)को मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रहरीले आरोपी भण्डारीको साथबाट बरामद भएको कपडा र हतियारमा देखिएको रगतसँग मृतकहरूको डीएनए मिलेको अनुसन्धानबाट खुलेको बताइएको छ । व्यक्तिगत प्रतिशोध (रिसिइबी)का कारण हत्या भएको प्रहरीको निष्कर्ष छ ।
२५ दिन लामो अनुसन्धान सकेर बुधबार मात्र प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । हट्टाकट्टा ज्यान भएका तर बोल्न नसक्ने भण्डारीको बयान दोभासेमार्फत लिइएको थियो ।
बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । उनले कालोपुल नजिक एक महिलाको हत्या गरेको बताएपनि पुष्टि हुन बाँकी रहेको प्रहरीको दाबी छ । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ अर्थात दिमागी अवस्था परीक्षण समेत गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो ।
घटनाबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको नेतृत्वमा अनुसन्धान समिति बनाइएको थियो । भण्डारीले २९ गते राति करिब पौने १२ बजे गैरीगाउँको दिव्य काठ मिलमा दोलखाका पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या गरेको खुलेको छ ।
ईले केही समयपहिले भण्डारीलाई जडिबुटीमा मोटरसाइकलले ठक्कर दिएको र सो क्रममा कुटपिट समेत गरेको रिसिइबीमा पिछा गरेर पत्ता लगाइ हत्याको योजना बनाएको पाइएको छ । सो राईको हत्यापछि घटना बाहिरिने विश्वासमा मिलमा रहेका अन्य ३ जनाको पनि खुकुरी प्रहार गरी ज्यान लिएको खुलेको दाबी अभियोगपत्रमा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार