कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक जारी
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:२२:२७
२६ असोज, काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियामा कांग्रेस प्रदेश सांसदहरुले गरेको ‘विद्रोह’लाई लिएर छलफल गर्न कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समिति बैठक जारी छ ।
अपरान्ह १२ बजे सुरु भएको चलिरहेको एक नेताले बताए । मुख्यमन्त्रीका लागि एमालेको साथ लिएर कांग्रेस ८ सांसदले केदार कार्कीलाई अगाडि सारेपछि कांग्रेसमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । कार्कीसहित ८ जना सांसदबारे निर्णय लिन बैठक बसिरहेको हो ।
प्रदेशको मुख्यमन्त्रीमा कार्की र कांग्रेससहित गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई अगाडि सारेका छन् । कोशीमा एमाले ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपा १ गरी ९३ सदस्य छन् । मुख्यमन्त्रीका लागि ४७ सदस्यको समर्थन आवश्यक पर्दछ ।
कार्की पक्षका सांसदहरु नेता डा. शेखर कोइराला पक्षधर मानिन्छन् । उनीहरुले आफूहरु निर्णयबाट पछि नहट्ने बताइरहेका छन् । संस्थापन पक्षले भने कारवाही गर्ने संकेत दिएको छ । नियुक्तिका लागि आज बेलुका ५ बजेसम्म समय तोकिएको छ ।
काेशीमा प्रदेश सांसदहरूकाे विद्राेहबारे निर्णय लिन कांग्रेसकाे संघीय संसदीय दलकाे बैठक पनि बस्दैछ । दलका नेता पार्टी सभापति शेरबहादुर देउवा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
कोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार