चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:२२:३७
२६ असोज, चितवन । चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ । चाडपर्वको समयमा मानिसको आवातजावत बढ्ने हुँदा सोही मौका छोपी चोरी–सिकारी सक्रिय हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चोरी सिकारी हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुनविपरीत हुनसक्ने गतिविधि नियन्त्रण गर्न निकुञ्जमा रहेका ६७ वटा सुरक्षा पोष्टमा उच्च सतर्कताका साथ थप सक्रियता बढाउन निर्देशन गरिएको उनले जानकारी दिए । सेना र निकुञ्जका पोष्टसँगै निकुञ्ज आसपासमा बासोबास गर्ने समुदायलाई समेत चनाखो हुन आग्रह गरिएको सूचना अधिकारी तिवारीले बताए । उनले भने, “वन क्षेत्रमा आपराधिक गतिविधि भएका घटना सबैभन्दा पहिला समुदायमा जानकारी हुने भएकाले चनाखो भएर सहयोग गर्न आग्रह गरेका छौँ ।”
सूचना अधिकारी तिवारीले थपे, “चाडपर्वको समयमा निकुञ्ज क्षेत्र आसपासमा शङ्कास्पद व्यक्ति देखिएमा निकुञ्जलाई खबर गरी संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेका छौं ।” चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समूह र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार