सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:२४:३९
२६ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा बिहीबारदेखि माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको इकोलोजिकल मोनिटरिङ गर्न क्यामेरा ट्यापि¬ङ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी कात्तिक २५ गतेसम्म क्यामेरा ट्यापिङको विधिबाट बाघको अवस्थाबारे जानकारी लिइने छ ।
माडीको सोमेश्वर क्षेत्रबाट क्यामेरा ट्यापिङको काम सुरु गरिएको छ । यसका लागि ६२ वटा क्यामेरा दुई वर्गकिलोमिटरको फरकमा जडान गरिएको छ । तीन वटा ब्लकमा विभाजन गरी क्यामेरा ट्यापिङको काम गर्न लागिएको हो । एउटा ब्लकमा १७ देखि २१ वटा ग्रिड निर्माण गरी क्यामरा जडान गरिने छ । एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरिने उनले बताए । बाघको सम्भावित क्षेत्रको अध्ययन गरी ग्रिड निर्माण गरिने छ । ‘टाइगर इकोलोजिकल मोनिटरिङ अफ सोमेश्वर हिल’ कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाबारे अध्ययन गर्न लागिएको हो ।
उनका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीनवटा बाघ रहेको र सन् २०२२ मा यो सङ्ख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वतमाला र भारतको वाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको हो । संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने उद्देश्यका साथ ट्यापिङ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
क्यामेरा ट्यापिङका लागि निकुञ्ज र तालका १५ कर्मचारी परिचालन गरिने छ । ती कर्मचारीबाहेक अन्य अनुगमनको काम भने निकुञ्ज प्रशासनले गर्ने गरी काम गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार