राष्ट्रपति सौली निनिस्टोसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:४५:०
२६ असोज, काठमाडौं । फिनल्याण्डका लागि नेपालका गैरआवासीय राजदूत प्रा. डा. रामस्वार्थ रायले फिनल्याण्डका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
बुधबार हेलसिन्कीस्थित राष्ट्रपति प्रासादमा आयोजित एक विशेष समारोहमा राजदूत रायले राष्ट्रपति सौली निनिस्टोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको कोपनहेगनस्थित नेपाली दूतावासले आज जनाएको छ ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत रायले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपतिले राजदूत रायको सफल कार्यकालको कामना गरेको थियो ।
राजदूत रायले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट फिनल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै फिनल्याण्डका जनताको निरन्तर शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।
राजदूत रायले नेपाल र फिनल्याण्डबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धप्रति हर्ष प्रकट गर्दै नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा फिनल्याण्डबाट प्राप्त सहयोगका लागि फिनिस सरकार र जनताप्रति कृतज्ञता ज्ञापन गरे । साथै उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैङ्ककमा निर्यात प्रवर्द्धन कार्यक्रम
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
वासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार