चिलिमे इन्जिनियरिङले आईपीओ निष्काशन गर्ने
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १३:५९:१
२६ असोज, काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ।
शेयर निष्काशन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको हो।
कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि नै शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ।
सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार आईपीओ निष्काशन गर्न लागेको कम्पनीले बताएको छ । चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीको रूपमा रहेको उक्त कम्पनीले करिब ७ वर्षदेखि परामर्श सेवा दिंदै आएको छ । पूँजी अभिबृद्धि एवम् उत्तरदायीका लागि शेयर जारी गर्न लागेको पनि कम्पनीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
साढे ४९ अर्ब बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार