कोशीमा कार्कीको दावीलाई लिएर दवावमा कोइराला
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:८:१५
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला कोशी प्रदेशमा मुख्यमन्त्रीको दावीलाई लिएर दवावमा देखिएका छन् । उनलाई कोशी प्रदेशको मुख्यमन्त्रीमाथि केदार कार्कीको दावी फिर्ता गराउन दवाव परेको छ । कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।
प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ । बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको थापाले बताए । केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
कोसी प्रदेशमा कांग्रेस सांसद केदार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेपछि नेपाली कांग्रेसका नेता कोइरालामाथि चौतर्फी दवाव दिने क्रम जारी छ । साँझ ५ बजे अगाडि नै कार्कीको दावी फिर्ता गराउन कोइरालामाथि पार्टी सभापति शेरबहादुर देउवादेखि राष्ट्रपति र प्रधानमन्त्रीको समेत दवाव परिरहेको छ । उनलाई मनाउन सभापति देउवाले हर तरहले नेताहरूलाई प्रयोग गरिरहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर शेखरसँग चासो राखेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति देउवाले कार्कीको दाबी फिर्ता गराउन दवाव दिएका छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले कोइरालालाई फोनमार्फत कार्कीको दाबीका विषयमा चासो राखेका थिए । त्यसमा कोइरालाले धेरै पटक आफूले कांग्रेसको नेतृत्वमा सरकार गठनको विषयमा छलफल गर्न चाहे पनि छलफल हुन नसकेको बताएका थिए ।
उनले प्रदेश संसदीय दलका नेता र उनी निकटहरूले नै माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने बताएपछि विकल्पको खोजीमा अहिलेको परिणाम आएको बताएका थिए । कोइरालालाई सभापति देउवाले भने आफैँ फोन नगरेको बताइएको छ । बिहान ज्ञानेन्द्र कार्की देउवाको सन्देश लिएर कोइरालासमक्ष गएका थिए । कार्कीले शेखरलाई केदार कार्कीको उमेदवारी फिर्ता गराउँन भनेका थिए ।
कोइरालाले भने कार्कीको उम्मेदवारी पार्टीभित्रको उदासीनताका कारण आएको बताएका थिए । उनले अब कोसीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने जवाफ दिएको नेताहरु बताउँछन । कोइरालाले कार्कीलाई कोसीका विषयमा कुनै दवाव नदिन पनि आग्रह गरेका छन् । कोइरालालाई प्रधानमन्त्री प्रचण्डले पनि कार्कीको उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका थिए ।
कोइरालाले दावी फिर्ता गराउन नसक्ने बताएपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङमाथि मुख्यमन्त्री नियुक्ति प्रक्रिया लम्ब्याउनका लागि दवाव बढेको बताइएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि दवाव दिएकाले प्रदेश प्रमुख खापुङले नियुक्ति प्रक्रिया लम्ब्याउने रणनीतिमा रहेको जनाइएको छ ।
कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका प्रदेश सांसद केदार कार्की र उनलाई समर्थन गरेका अन्य ७ जना प्रदेश सांसदलाई कारबाही गर्न र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नियुक्ति प्रक्रिया लम्ब्याउन प्रदेश प्रमुख खापुङलाई दवाव आइरहेको कांग्रेसका एक नेताले बताए । गठबन्धन दलको सिफारिसमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा प्रदेश सांसद केदार कार्कीले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा बिहीबार दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख खापुङले नियुक्ति प्रक्रिया लम्ब्याउने संकेत देखिएपछि अब मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्की लगायतका उनी समर्थक प्रदेश सांसदहरू निष्पक्ष रूपमा नियुक्ति नगरेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना बस्ने तयारी गरेका छन् । कार्कीले यसअघि संवैधानिक व्यवस्था विपरीत प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सभामुखको हस्ताक्षरसहित दाबी पेस गरेका गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेकाले दबाब र प्रभावमा पुनः संविधान उल्लंघन गर्ने अवस्था देखिएकाले धर्ना बस्ने निर्णय गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान
भदौ ३१, २०८१ सोमबार
गृहमन्त्री लेखकसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
भदौ ३१, २०८१ सोमबार
लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल
भदौ ३१, २०८१ सोमबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार