अर्थ सवाल साप्ताहिकका सम्पादक बोहोरालाई सम्मान
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:३५:४७
२६ असाेज, काठमाडौं । अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरालाई बिहीबार सम्मान गरिएको छ । मिलाप मासिकद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि रहेका पूर्व उपराष्ट्रपति परमानन्द झाले बोहोरालाई सम्मान गरेका हुन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्यसमेत रहेका बोहोरालाई ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरिएको हो । बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेसनकी अध्यक्ष गिता अधिकारीले जानकारी दिइन् । पत्रकार रमेश कुमार बोहोरा बिगत १६ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन् ।
बोहोराले कोरोना महामारीका बेला पत्रकार महासंघ काठमाडौंको तर्फबाट पत्रकारहरुलाई राहतका कार्यक्रम सञ्चालन गरेका थिए । उनले कोरोना संक्रमति पत्रकारलाई भेटेर स्वास्थ्य सामग्रीका वितरण गर्नुका साथै अन्य आवश्यक सहयोग पनि गरेका थिए ।
कोभिड संक्रमति पत्रकारहरुले उपचारका लागि अस्पतालमा भर्ना नपाउँदा उनले विभिन्न अस्पतालहरुमा सम्पर्क गरी अस्पताल पुर्याएर उपचारमा सहयोग गरेका थिए । बोहोरा सधैं नै पत्रकारको मुद्दामा अग्रसर भएर लागेका छन् । काठमाडौं शाखाको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभाग संयोजकसमेत रहेर काम गर्दै आएका बोहोरालाई मिलाप मासिकका सम्पादक कृष्ण भुसालले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रबाट समाजलाई उल्लेखनीय योगदान पुर्याएका अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार