देउवाले आकस्मिक बोलाए कार्यसम्पादन समितिको बैठक
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १४:५५:१४
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार ३ बजेपछि देउवाको निजी निवास धुम्बाराहीमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल हुनेछ । कोशी कांग्रेसमा अहिले विवाद छ । कांग्रेसका सांसद केदार कार्कीले विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनको दाबी फिर्ता गराउन नेता शेखर कोइरालामाथि चौतर्फी दवाव परेको छ ।
सभापति देउवाले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरू ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
असोज ४, २०८१ शुक्रबार
यी हुन सहकारी ठगेर फरार भएका २९ जना, को कुन देशमा बसेका छन लुकेर ?
असोज ४, २०८१ शुक्रबार
वसन्तपुरमा ‘हाथु हायेकेगु' प्रसाद खान महिलाहरूको तँछाडमछाड [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकहरूलाई मिराज बेकरीमा विशेष छुट
असोज ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाले सार्वजनिक गर्यो सहकारी छानबिन समितिको प्रतिवेदन: हेर्नुहोस पूर्णपाठ
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार