थारु समुदायले संविधानलाई पूर्णरुपमा स्वीकार गरेको छैन : सांसद चौधरी
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:९:४०
२६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टाी (नाउपा)का सांसद गंगाराम चौधरीले थारु समुदायले संविधान पूर्णरुपमा स्वीकार गरिनसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौथरीले नाउपाले थारु समुदाय मात्र नभई सम्पूर्ण नेपालीको पूर्ण अधिकारका लागि लडिरहेको बताए ।
उनले पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफी रिहाईलाई व्यक्ति हत्याका दोषी योगराज ढकाल ‘रिगल’सँग नजोड् समेत आग्रह गरे । रेशमलाल कैलालीको टिकापुर घटनासँग जोडिएर जेल परेको तर ढकाल व्यक्ति हत्यामा जेल परेका कारण दुई घटना फरक रहेको बताए । उनले टिकापुर घटना राजनीतिक भएको उनको भनाइ छ ।
रेशमलाल ७ प्रहरी र एक बालकको जयन जाने गरी २०७२ साउन ७ मा भएको टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट ठहर भई जेल सजाय काटिरहेका बेला गत जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएर रिहा भएका थिए ।
यस्तै बाँके नेपालगन्जका ढकाल सोही ठाउँका चेतन मानन्धरको हत्यामा जिल्ला अदालतबाट दोषी ठहर भई बाँके कारागारमा कैद भुक्तान गरिरहेका बेला यही असोज ३ मा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट बाँकी सजाय माफी पाएर रिहा भएका थिए । नेपाली कांग्रेस निकट तरूण दलका नेता समेत रहेका ढकाल सर्वस्वसहित जन्मकैद सजाय भाेगिरहेका थिए ।
त्यसपछि राजनीतिक दल, अधिकारकर्मीहरुले चौधरी र ढकाललाई माफी दिने निर्णय संविधानविपरीत भएको भन्दै सरकारको आलोचना गर्दै आइरहेका छन् । २०७२ असाेज ३ मा संविधान जारी हुनु पूर्व थरूहट स्वायत्ता क्षेत्रकाे माग गर्दै कैलाली लगायत जिल्लाका थारू समुदायले तत्कालीन थरूहट कल्याणकारिणी सभाकाे नेतृत्वमा टिकापुरमा भीषण प्रदर्शन हुँदा घटना भएकाे थियाे ।
यद्यपि आममाफी पाएर जेलमुक्त भएका ढकालकाे रिहाइविरूद्ध सर्वाेच्च अदालमा मुद्दा चलिरहेकाे छ । हत्या गरिएका मानन्धर पत्नी भारतीले मुद्दा हालेकी हु्न् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार