प्राधिकरण र नलगाड जलविद्युत् कम्पनीबीच सम्झौता
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:१४:२२
२६ असोज, जाजरकोट । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिए । ताक्सुगाड यसै आर्थिक वर्षमा निर्माण प्रक्रियामा जाने उनको भनाइ थियो ।
चार सय १७ मेगावाटको नलगाड जलविद्युत् आयोजना भने निर्माण प्रक्रियामा छ । दुवै आयोजना नलगाड नगरपालिकाभित्र पर्दछन् । नलगाड जलविद्युत् आयोजनाको डीपीआर सकिएसँगै निर्माण चरणमा जानका लागि प्रक्रियागत काम जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार