तीनकुने हत्या प्रकरणको मुद्दा दर्ता, आजीवन सजाय माग
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:३७:४५
२६ असोज, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणका आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । शुक्रबार जिल्ला सरकारी वलिक कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।
प्रहरीले अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आरोपी भण्डारी जन्मजाता बोल्न नसक्ने व्यक्ति हुन् । उनलाई आजीवन सजाय मागिएको छ ।
भदौ ३० मा काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भण्डारीले सुरक्षा गार्डको रुपमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र धनकुटाका नवीन भनिने विशाल राईको सामूहिक हत्या गरेका थिए । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधार वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।
सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा आरोपी भण्डारीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजिम निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१ (क) बमोजिम प्रतिवादीलाई जीवित रहेसम्म कैद हुने गरी जन्मकैदको सजायको माग गरी अभियोगपत्र पेस गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार