धर्म र जातिको बखेडा झिकेर बाह्य हस्तक्षेप निम्त्याउने षड्यन्त्र भइरहेको छ : नेता श्रेष्ठ
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १५:४५:४१
२६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) तथा लुम्बिनी ब्यूरो इन्चार्ज बसन्त श्रेष्ठले मुलुकमा धर्म र जातिको विषय उठाएर मुलुकमा अराजकता फैलाउन खोजेको बताएका छन् । रुपेन्देहीको भैरहवामा आयोजित विचार गोष्ठीमा धारणा राख्दै नेता श्रेष्ठले नेकपालाई फुटाउन जाति र धर्म कुरा उठाउने क्रम तीव्र बनेको बताए ।
उनले भने, ‘देशमा अहिले पहाड, मधेश, तराई,धर्म जात अनेक अनावश्यक अतिरञ्जनापूर्ण र भ्रामक विषय उचालेर हामीलाई आपसमा लडाउन खोजिएको छ । राष्ट्रियतालाई कमजोर पार्न समाजको एकतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले नेकपालाई द्वन्द्वमा धकेल्ने अनेक षडयन्त्र भइरहेको बताए । ‘द्वन्द्वमा धकेल्न सके देशभित्र विदेशी सेना भित्र्याउन पाइन्छ भन्ने अराष्ट्रिय तत्व सक्रिय रहेको छ’ उनले भने, ‘हामी आपसी सद्भाव कायम गर्न र आफ्नो समस्या आफैं समाधान गर्न सक्षम छौं ।’ उनले सदभावका लागि अपिल समेत गरे ।
उनले लुम्बिनीको जितगढी अंग्रेजलाई धुलो चटाएको किल्ला भएको बताए । नेपाली जनताले कुनैपनि प्रकारका विदेशी हस्तक्षेप स्वीकार नगर्ने र विकासका नाममा विदेशी बाजले अहिले शान्ति फैलाउने सेतो परेवाको शिकार गर्न खोजिएको बताए । विदेशी हस्तक्षेप र अतिक्रमणलाई असफल तुल्याउन सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
यसैबीच, नेकपाले असोज २५ मा देशव्यापी रुपमा ‘सी स्मृति’ दिवस मनाएको छ । कपिलवस्तुको शिवगढीमा गत वर्ष सम्पन्न भएको पार्टीको नवौं महाधिवेशनबाट पुरानो परम्परागत जातिको विकल्पमा नयाँ जाति सी जाति अथवा कम्युनिस्ट साम्यवादी जाति बनाएको थियो । स्मृति दिवसमा जनयुद्ध, एकीकृत जनक्रान्तिका सहिद तथा आफ्न्तजनहरुको सम्झनामा दीव प्रज्वलनसहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार