केन्यामा २८ लाख मानिसलाई खाद्य सहयोगका आवश्यकता
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १६:२१:१३
२६ असोज, नैरोबी । निरन्तर सुक्खाका कारण केन्याका सुक्खा र अर्धसुक्खा क्षेत्रका करिब २८ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता रहेको केन्याको राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले बिहिबार जारी गरेको एक प्रतिवेदनमा जनाइएको छ ।
एनडीएमएले सुक्खा प्रभावित मानिस विभिन्न २३ वटा काउन्टीमा रहेको उल्लेख गरेको छ । तीमध्ये १८ काउन्टी सामान्य खडेरीको चरणमा तथा बाँकी पाँच काउन्टी उच्च सतर्कता अपनाउनु पर्ने चरणमा रहेको र निगरानी आवश्यक रहेको जनाएको छ ।
प्रतिवेदनले ५२ प्रतिशत काउन्टीको पोषण अवस्था औसतभन्दा बढी तथा ११ वटाको बिग्रिँदै गएको जनाएको छ । “यसअघिको असफल मौसमका कारण कमजोर पोषण स्थिति देखिएको हो” एनडीएमएले भनेको छ ।
प्रतिवेदनले तापक्रममा भएको वृद्धिका कारण अधिकांश सुक्खा क्षेत्रमा वनस्पति फस्टाउन नसकेको पाइएको उल्लेख गरेको छ । एनडीएमएले अक्टोबरदेखि डिसेम्बरसम्म हुने वर्षाको मौसममा सुक्खा क्षेत्रको कठिन अवस्थामा सुधार आउने अपेक्षा गरेको छ ।
केन्या र अफ्रिकामा अक्टोबरको मध्यदेखि वर्षा सुरु भएसँगै बाढीले प्रभाव नपर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
संरक्षणको पर्खाइमा चराङ दरबार
असोज ४, २०८१ शुक्रबार
मिस नेपाल वर्ल्ड केसीलाई मनाङमा स्वागत
असोज ४, २०८१ शुक्रबार
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
असोज ४, २०८१ शुक्रबार
नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ : प्रचण्ड
असोज ४, २०८१ शुक्रबार
इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त
असोज ४, २०८१ शुक्रबार
पत्रकार महांसघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि दिए राजीनामा, अन्योलमा निर्वाचन
असोज ४, २०८१ शुक्रबार