कंगोमा तैनाथ शान्ति सैनिक भुपजित राईको मृत्यु
नेपालबहस संवाददाता
असोज २६, २०८० शुक्रबार १७:२५:३३
२६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा खटिएका नेपाली एक शान्ति सैनिकको मृत्यु भएको छ । नरसिंहदल गण (शान्ति सेना) २९औं डफ्फामा कार्यरत प्युठ भुपजित राईको शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खोटाङको फक्टाङ्ग गाउँपालिका–८ का राई उक्त गण अन्तर्गत टयाक्टिकल अपरेटिङ बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए । थप उपचारका क्रममा कंगोको बुनियास्थित मोरोक्कन लेभल–२ अस्पतालमा उनको मृत्यु भएको जनाएको छ ।
राईको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको जानकारी समेत निर्देशनालयले दिएको छ । द्वन्द्वग्रष्त मुलुकमा खटिएका नेपाली शान्ति सेनाको विश्वभरबाट प्रसंशा हुँदै आएको छ ।
नेपाल सरकारले हरेक वर्ष ६ देखि ८ हजारकाे संख्यामा शान्ति सेना पठाउँदै आएकाे छ । शान्ति सेनाकाे माग संयुक्त राष्ट्र संघले गर्ने गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देलले गरे भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार