आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार ९:९:२०
२७ असाेज, काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुँदै छ। भरतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे खेल हुनेछ।
जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्ना शुरुवाती २÷२ खेल जितेका छन् । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई ६ विकेटले र दोस्रो खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गरेको थियो।
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्डसलाई ८१ रनले र दोस्रो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो।क्रिकेटका चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ।
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म सात पटक कडा प्रतिस्पार्धा भएको छ। र, सबै खेल भारतले जितेको छ। विश्वकपमा पाकिस्तानले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन।
विश्वकपमा पाकिस्तानले भारतलाई पराजित नगरेपनि एकदिवसीय अन्तराष्ट्रिय खेलमा भने पाकिस्तानले धेरै खेल जितेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार