कोशीमा आज मुख्यमन्त्रीको टुंगो लगाउन सांसदको हस्ताक्षर सनाखत गरिंदै
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार ९:२२:४२
२७ असोज, काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज संसदहरूको सनाखत गराउने भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर आज बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ । प्रवक्ता नरेन्द्र कुमार कार्कीद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री पदको दाबी कर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ (५) बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७÷४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबी कर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।”
सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिए लगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी गरेका सत्तारुढ कांग्रेस संस्थापन इतर पक्षका सांसद केदार कार्कीसहित ४७ जना सांसदले उनलाई नियुक्ति गर्न दाबी गरेका हुन् ।
नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त गर्न कार्कीले दाबी प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
शुक्रबार दिउँसो नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेता केदार कार्की र उनका समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
यता, हिजो साँझ केन्द्रमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भने प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने विषय मान्य नहुने निर्णय गरेको छ । नेकपा माओवादीले प्रदेशको नेतृत्वको लागि अघि सारेको सदस्यलाई ब्याक गरेर कोशीमा कांग्रेसलाई नेतृत्व दिनेमा सहमति जनाएको छ । तर, कांग्रेसभित्रको संस्थापन पक्ष र इतरबीचको असमझदारीले कोशीको राजनीति झन जटिल बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार