संयुक्त राष्ट्रसंघका महासचिव गुटेर्रेसको नेपाल भ्रमणले लम्बियो संसदको चालु अधिवेशन
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १०:३:४४
२७ असोज, काठमाडौं । संघीय संसदको चालु अधिवेशन लम्बिएको छ । केही वर्ष यता दशैं अगाडि सक्ने अभ्यास गरिएपनि यो वर्ष बजेट (बर्खे) अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ ।
शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबीचमा परामर्श भए पनि औपचारिक निर्णय भएन । सरकारले संसद सचिवालयलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी दिएको छ ।
यसअघि सरकारले आज (असोज २७)नै महासचिव गुटेर्रेसले संघीय संसदको बैठकलाई सम्बोधन गर्ने गरी अनौपचारिक तयारी थालेको थियो तर, इजरायलमाथि हमासको आक्रमणपछि गुटेर्रेसको सो भ्रमण स्थगित भएको थियो । भ्रमण कात्तिक ११ गते हुन सक्ने सम्भावना रहेको भन्दै संसदमा सम्बोधनका लागि अधिवेशन लम्ब्याइएको हो ।
यसै बीच प्रतिनिधि सभाले विद्युत विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा विधेयकलाई समितिमा छलफलका लागि पठाइएको हो । विधेयकमाथि पूर्वाधार विकास समितिमा छलफल हुने छ । सो विधेयक भदौ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार