कार्की नेतृत्वको सरकार २०८४ सम्म रहन्छ: थापा
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १४:१५:९
२७ असोज, विराटनगर । कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । थापाले आफूले नैतिक रुपमा राजीनामा दिएको बताएका छन् । थापाले मुख्यमन्त्री बनेका कार्कीलाई निरन्त सहयोग गर्ने बताएका छन् ।
उनले राजीनामा दिँदै भनेका छन्, ‘राजनीतिक घटनाक्रममा एउटा कारक आफू पनि भएको भन्ने सोच बनाएर राजीनामा दिएको हुँ । मुख्यमन्त्री बन्नु र आफ्नो राजीनामा दिनु संयोगमात्र हो । मुख्यमन्त्री केदार कार्की हुने र आफूहरु प्रतिपक्ष हुने कुरा आउाँदैन । उहाँ गठबन्धनकै मुख्यमन्त्री हो । उँहाँ २०८४ सम्म कायम रहनुहुन्छ ।’
थापाले अब दलको नेता सहमतिमा फेरि चयन गर्ने बताए । विश्वासको मत लिँदा संख्या आफूहरुले कार्कीलाई नै मत हाल्ने उनले स्पष्ट पारे । केन्द्रको निर्देशन अनुसार अघि बढ्ने बताएका थापाले मुख्यमन्त्रलाई विद्रोही भनेर आफूहरुले नठानेको बताए । कार्की नेतृत्वको सरकार २०८४ सम्म रहने उनको भनाइ छ ।
कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्की पार्टीबाट विद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्री बनेपछि थापाले राजीनामा दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री भएको बताएका छन् । शनिबार विहान तीन नेताबीच कार्कीलाई सहयोग गरेर जाने र गठबन्धनलाई कायमै राख्ने सहमति पनि भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार