क्यानडामा चोरीको सुचना दिनेलाइ २ हजार डलर इनाम
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १४:४३:०
२७ असोज, क्यानडा । क्यानडाको ओन्टारियो प्रान्तमा रहेको तीन हिन्दू मन्दिरमा तोडफोड र चन्दा बाकसबाट ठूलो मात्रामा नगद चोरी भएको घटना सार्वजनिक भएको छ ।
यस घटनामा संलग्नको खोजी भइरहेको दुरहाम क्षेत्र प्रहरीले जनाएको छ । प्रहरीले विज्ञप्तिमार्फत ५ फिट ९ इन्च अग्लो मानिसलाई देखिएको र शारीरिक रुपमा अशक्त देखिएको बताएको छ ।
क्यानडा प्रहरीका अनुसार ती व्यक्तिलाई अक्टोबर ८ मा पिकरिङको बेली स्ट्रिट र क्रसनो बुलेभार्ड क्षेत्रमा रहेको एउटा मन्दिरमा प्रवेश गरेको देखिएको थियो । उनले नीलो सर्जिकल मास्क, टाइट जिप हुड भएको कालो पुफी ज्याकेट, हरियो क्यामो कार्गो प्यान्ट र हरियो स्पोर्ट सुज लगाएको देखियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले निगरानी फुटेज फेला पारेको छ, जसमा एक व्यक्तिले राती १२ः४५ बजे मन्दिरमा प्रवेश गर्छन र चन्दाको लागि राखिएको बाकसबाट ठूलो मात्रामा नगद चोरेर हिडछन् । सुरक्षाकर्मी पुग्नुअघि नै उनी फरार भएको प्रहरीले जनाएको छ । तर केही समयपछि राती १ः३० बजे उनले पिकरिङको ब्रोक रोड र डरसन स्ट्रीट क्षेत्रमा रहेको अर्को मन्दिरमा तोडफोडसमेत गरेका थिए ।
एक व्यक्तिले झ्याल फुटाएर दानमा राखिएको तिजोरी चोर्न खोजेको मन्दिरका एक बासिन्दाले बताए । उनका अनुसुार तर उनी आफ्नो घृणित कार्य गर्न सफल भने हुन सकेनन् र प्रहरी नपुग्दै भागेका थिए । यो सबै फुटेजमा पुष्टि हुन्छ कि त्यो व्यक्ति त्यही संदिग्ध हो, जसले पहिले ब्रेक(एन्ड(इन्ट्री घटना गर्यो।
कुरा यहींमा मात्रै रोकिएको छैन । सोही दिन बिहान करिब २ः५० बजे सोही व्यक्तिले वेस्टनी रोड साउथ र अजाक्सको बेली स्ट्रिट वेस्ट क्षेत्रमा रहेको अर्को मन्दिरलाई निशाना बनाएर प्रवेश गरेका थिए । त्यहाँबाट उनले चन्दा बाकसबाट ठूलो मात्रामा नगद चोरेका थिए ।
प्रहरीले शंकास्पद व्यक्तिको बारेमा कसैलाई जानकारी पाएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । प्रहरीले सूचना दिने जो कोहीलाई २ हजार क्यानेडियन डलर नगद पुरस्कार दिने पनि घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार