मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार १४:५०:२६
२७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्रधिकरणले मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको छ । शनिबार मात्र मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट प्राधिकरणले निलम्बन गरेको हो ।
शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर ओखलढुंगाबाट रुम्जाटारबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचे भन्ने ठाउँमा दुर्घटना भएको थियो ।
हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका थिए । यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । दुई वटा मात्र हेलिकोप्टर भएको मनाङ एयर यो कारवाहीपछि खाली भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार