मुुख्यमन्त्री कार्कीको देउवा र शेखरसँग परामर्श
नेपालबहस संवाददाता
असोज २७, २०८० शनिबार २२:१:२१
२७ असोज, काठमाडौं । शनिबार विहान कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्कीले हिजो र आज विहानसम्म तातेको कांग्रेसको राजनीतिलाई साझ सान्त बनाउने कोसिस गरेका छन् । मुख्यमन्त्री को शपथ नलिदै उनले काठमाडौंमा आएर पार्टी सभापति शेरबहादुर देउवा र नेता कोइरालालाई भेटेका छन् । कतिपयले उनको भेटलाई राजनीतिक संस्कारको रुपमा पनि लिएका छन् ।
अपराह्न विराटनगरबाट काठमाडौं आएका कार्कीले शपथ लिनुअघि सभापति र नेता कोइरालासँग मन्त्रिपरिष विस्तारबारे परामर्श लिएका छन् । तर, आजको भेटमा मन्त्रिपरिषद विस्तारबारे खासै छलफल भएको छैन । उनी भोली विहान कोशीमा शपथसँगै सानो मन्त्रिपरिषद बनाएर पुनः काठमाडौं आउने कार्यक्रम छ । कार्कीले आज सभापतिलाई समेत भेट गरेपछि कांग्रेसभित्रको राजनीति पनि केहि मथ्थर भएको छ ।
शनिबार साँझ धुम्बाराहीस्थित निवासमै पुगेका कार्कीलाई देउवाले बधाई दिएका थिए । संविधानअनुसारनै मुख्यमन्त्री भएको भन्दै देउवाले मुख्यमन्त्रीमा दावी गर्न जानुअघि पार्टीमा सल्लाह गरेको भए राम्रो हुने भन्दै देउवाले आफूले मुख्मन्त्री बनाउने प्रयास गरेको तर, कार्कीका नाममा पार्टीमा सहमति नजुटेको बताएका थिए । कार्कीले शपथ लिएर फेरी भेटन आउने भन्दै देउवासँग विदा मागेका थिए ।
विमानस्थलबाट शेखर कोइरालाको निवासमा पुगेका उनले त्यहाँ कोइराला र डा. मिनेन्द्र रिजालसँग भेट गरेका थिए । त्यसपछि मुख्यमन्त्री कार्की देउवा निवासमा पुगेका हुन् । कार्की आइतबार विहान ८ बजे शपथ ग्रहणका लागि विराटनगर जानेछन् र फेरि काठमाडौं आउनेछन् । अप्ठेरो भनेको परिस्थिति उनले देउवालाई भेटेर आफैले सहज बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार