सेना नचलाउन प्रधानमन्त्री प्रचण्डलाई शेखरको चेतावनी
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १०:५०:४९
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली सेनालाई नचालउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । नेपाली सेना चलाउँदाको परिणाम राम्रो नहुने कोइरालाको सुझाव छ । उनले प्रष्ट नलेखेपनि यसअघि सेना चलाउँदा प्रधानमन्त्री पद छोड्नुपरेको प्रचण्डलाई स्मरण गराउन खोजेका छन् ।
नेता कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा त्यस्तो कार्य गर्न नहुनेमा उनले जोड दिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक्समा उनले सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने उल्लेख गरेका छन् ।
नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्था भएको भन्दै उनले एक जना तकालिन माओवादीबाट सेनामा आएको व्यक्तिका लागि राष्ट्रि सुरक्षामा आँच पुर्याउने गरी सेनालाई चलाउन नमिल्ने बताएका छन् ।
“नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,” उनले लेखेका छन्, “सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्दै
असोज ४, २०८१ शुक्रबार
अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार