कलाकार उषा रजकले मागिन् राजेश हमालसँग माफी
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार ११:२९:११
२८ असोज, काठमाडौं । अभिनेत्री उषा रजकले नायक राजेश हमालसँग माफी मागेकी छन् । रजकले हमाल लक्षित दिएको एक अभिव्यक्तिको चर्को आलोचना आएको थियो । आलोचना भइरहेकै बेला उनले हमालसँग आइतबार सामाजिक संजालमा सन्देश पोष्ट गरी माफी मागेकी हुन् ।
उनले हमालको अभिनय पनि खासै लायक नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । जसका कारण उनी आलोचनाको केन्द्रमा परेका छन् । माफी माग गरिएको सन्देशमा उनले हमालको अभिनय र बौद्धिकता आफ्नो लागि प्रेरणादायी रहेको र आफूले धेरै राम्रा कुरा भनेको समेत जनाएकी छन् । आफ्नो अभिव्यक्तिबारे कसैलाई दोष नदिई आफूले माफी मागेको उल्लेख गरेकी छन् ।
‘मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। उहाँको बौद्धिकताबाट प्रेरित मैले हाम्रा महानायकको बारेमा, उहाँको महान कार्य र योगदानहरूको बारेमा पनि धेरै राम्रा कुराहरू भनेकी थिएँ। तर, मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरूबीच कहीँ कतै हराए’ उनले लेखेकी छन् ।
बोलेको वाक्यंशमा कुनै बहाना नबनाई मनदेखि नै माफी मागेको बताएकी छन् । उनले भनेकी भनेकी छन्, ‘उनले अगाडि लेखेकी छन्, ‘अरु कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मन देखि माफी माग्दछु। आखिर शब्द मेरै हुन्, मैले भनेको कुराको लागि म आफैँ माफी माग्दछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
नेवार समुदायले आज योमरी पूर्णिमा मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
आजको मौसम कस्तो रहला ?
मंसिर ३०, २०८१ आइतबार
आज उधौली पर्व मनाउँदै किरात समुदाय
मंसिर ३०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगः आज पनि दुई खेल हुँदै
मंसिर ३०, २०८१ आइतबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार