अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न समय लाग्छः अर्थमन्त्री
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार ११:५९:४९
२८ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या पूर्णरुपमा समाधान गर्न अहिल्यै संभव नभएको बताएका छन् । उनले समस्या समाधान हुन समय लाग्ने बताए ।
मोरोक्कोको माराकेशमा सम्पन्न विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भई आज स्वदेश फर्किएका छन् । फर्किने क्रममा अर्थतन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा. महतले अर्थतन्त्रमा लामो समयदेखि देखिएको समस्या पूर्ववत् अवस्थामा फर्काउन समय लाग्ने बताए । उनले अर्थतन्त्रमा सुधारका कामहरु भइरहेको र सामान्य अवस्थामा ल्याउन सरकारले निरन्तररूपमा याेजनासहित काम गरिरहेको उनले बताए ।
उनले मारोक्कोको वार्षिक बैठकहरुको साइडलाइनमा सहभागीबीच सामूहिक तथा द्विपक्षीय हितका विषयमा छलफल भएको र यसबाट अन्तर्राष्ट्रिय समुदायसँगको सञ्जालमा जोडिने अवसर प्राप्त भएको दाबी गरे ।
अर्थमन्त्री विश्व बैंक र नेपाल राष्ट्र बैकका गभर्नर आइएमएफको पदेन गभर्नर, अर्थ सचिव विश्वबैंकको वैकल्पिक गभर्नर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव आइएमएफको वैकल्पिक गभर्नर रहने व्यवस्था छ ।
मन्त्री डा. महत बैठकमा सहभागी हुन गत साता नेपाली टोलीको प्रतिनिधित्व गर्दै मोरक्को गएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार