नेपालले बहराइनलाई सात विकेटले हरायो
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १२:१५:२८
२८ असोज, काठमाडौं । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा नेपाल विजयी भएको छ । बहराइनले नेपाललाई दिएको ७८ रनको लक्ष्य ७ विकेट बाँकि छँदै नेपालले पुराम गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन जोड्दै नेपाल सामु झिनो ७८ रनको लक्ष प्रस्तुत गरेको थियो ।
उक्त लक्ष्य पछ्याएको नेपालले ११ ओभर ४ बलमै बहराइनले दिएको लक्ष्य पूरा गर्यो । नेपालका लागि अर्जुन कुमाल र देव खनालको ६४ रनको साझेदारी जितका लागि उत्कृष्ट रह्यो । ३१ बलको सामना गरेका कुमालले ३२ रन र २७ बलको सामना गरेका खनाले पनि ३२ रन जोडे । त्यसबाहेक दिपक बोहराले ४ रन जोडे ।
उत्कृष्ट बलिङ गरेको नेपालका लागि बलर दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । यो जित सँगै नेपालको आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न बलियो सम्भावना देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार