उदयपुरका विभिन्न स्थानमा प्रहरीले गर्यो गाँजा खेती नष्ट
नेपालबहस संवाददाता
असोज २८, २०८० आइतबार १२:१६:१९
२८ असोज, काठमाडौं । प्रहरीले उदयपुरको विभिन्न स्थानमा गाजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ७ दिने अवैध गाँजा खेती नष्ट अभियान अन्तरगत बेलका नगरपालिका र ताप्ली गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा शनिबार खेती नष्ट गरेको हो ।
एसपी रमेश थापाका अनुसार ताप्ली गाउँपालिकाका विभिन्न वडाका १ सय ५ रोपनी जग्गामा लगाएको १ लाख १३ हजार गाँजा खेती फडानी गरेर नष्ट गरिएको छ । बेलका नगरपालिका–७ मैनामैनीको विभिन्न स्थानमा ६ कठ्ठा जग्गामा लगाइएको गाँजाको बोट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको छ ।
कानुनले गाँजालाई लागू औषधको सूचीमा राखेर यसको खेती? ओसारपसार, खरिदबिक्री तथा सेवन गर्न बन्देज लगाएको छ । तर सरकारले चालु आवमा ल्याएको बजेट भाषणमा भने गाँजा खेतीका लागि संभाव्य अध्ययनका लागि भन्दै बजेट समेत विनियोजित गरेको अवस्था छ । तर, कतिपय सांसदहरुले संसद बैठकमा गाँजा खेतीका लागि कानून बनाउनुपर्ने धारणा राख्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार